१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिफा वरीयतामा नेपाल यथावत


312
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता यथावत रहेको हो ।

नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा छ । अघिल्लो वरीयतामा पनि नेपाल १ सय ७६ औं स्थानमै रहेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा छ ।

नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ ।

यस्तै, बेल्जियम दोस्रो, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।