
अर्घाखाँची । अर्घाखाँचीमा गत वैशाखमा भएको स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसले दिएको छ ।
कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति क्षेत्र न . १“ क“ र “ख “ को संयुक्त आयोजनामा राखिएको जन प्रतिनिधि संमान तथा प्रशिक्षण कार्यक्रम सन्धिखर्क जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो ।
कार्यक्रममा स्थानीय सरकार सञ्चालनलगायत विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर गोबिन्द पोख्रेल लगायतका नेताले प्रशिक्षण दिनुभएको कांग्रेस अर्घाखाँचीका प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिनुभयो ।
कांग्रेसबाट निर्वार्चित २ पालिका प्रमुख, २४ वडा अध्यक्ष र ८४ जना वडा सदस्य गरि १ सय १० जना जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण दिएको हो ।
यस्तै ‘जनतासँग नेपाली काँग्रेस’ अभियान भाद्र १० देखि २४ सम्म सञ्चालन भएको कार्यक्रममा केन्द्रिय सदस्य डाक्टर गोबिन्द पोख्रेल लगायतका नेता खटि सक्नुभएको छ । जिल्लाका ६ वटा स्थानीय तह र ६१ वडामा अभियान संचालन हुने कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्