१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशैभरी आज मध्यमदेखि भारी वर्षाकाे सम्भावना


1.014k
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ।

आज (आइतबार) बिहान देशैभरी सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ । त्यस्तै, देशका अधिकांश स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली हुनेछ । त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।