
काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयकको सन्देश टेबुल भएको छ ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभएकाे हाे ।
राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट यहि भदौ २ गते हुबहु पारित भइसकेको छ । अब राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने भएकाे छ । राष्ट्रपति भण्डारीलेले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पारित गर्नुपर्छ ।
राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक संसदको जानकारी, बिमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्