७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


अनुशासित र मेहनती नागरिक भएका देश मात्रै अगाडि बढ्न सक्छन् : अध्यक्ष नेपाल


949
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौंमा आयोजित केन्द्रिय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने बताउनुभयो ।

उहाँले सबै नागरिकहरुलाई सिपको तालिम दिनुपर्ने पनि बताउनुभयो । अध्यक्ष नेपालले अनुशासित र मेहनती नागरिक भएका देशहरु मात्रै विकासमा अगाडी बढ्न सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थी संगठनलाई सबै विश्वविद्यालयहरुमा बिस्तार गर्न अनुरोध गर्नुभयो । अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमतलाई आफ्नो पक्षमा तान्नका लागि सक्रिय हुन विद्यार्थी नेता, कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।