१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कलाकारलाई सधै साथ दिनुपर्छ : गोविन्दा


715
Shares

काठमाडौं । भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा उनी उपस्थित भएका थिए ।

कार्यक्रममा बोल्दै अभिनेता गोविन्दाले दर्शकहरूले कलाकारलाई सधैँ साथ दिनुपर्ने बताए । उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए ।

गोविन्दाले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसावबाट अघि बढाउन आवश्यक रहेको पनि पनि बताए । कला संसारको अभिन्न अंग भएको बताउँदै उनले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने र कलाकारहरूले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकारका धनदाता मातापिता उद्योगी, व्यपारीहरू भएको बताए ।

भुषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रूपमा भाग लिन गोविन्दा नेपाल आएका हुन् । ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहेका छन् ।