१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिवि सुधारका लागि नेविसंघको २९ बुँदे ज्ञापनपत्र


78
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयहरुले कक्षा ११ र अन्य तहका विद्यार्थीहरुलाई चर्को शूल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताउनुभएको छ ।

आइतबार नेपाल विद्यार्थी संघको समग्र शैक्षिक विकासका लागि तात्कालिक तथा संरचनागत समस्या सम्बोधन गर्न माग सहितको ज्ञापन–पत्र बुझेप्रश्चात मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

मन्त्री पौडेललाई विद्यार्थी संघले २९ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । मन्त्री पौडेलले संघको ज्ञापन पत्रमा माग गरिएको पछिल्लो समयमा विद्यालयहरुले विद्यार्थी भर्नामा चर्को शूल्क लिएको विषयमा अनुगमन गर्ने तयारीमा रहेको बताउनुभयो ।

उहाँले संघले उच्च शिक्षामा पनि बेथिति रहेको सुझाव दिएको भन्दै उच्च शिक्षामा रहेका समस्या समाधान गर्न पनि मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

त्यस्तै, नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भर्खरै कोरोना महामारीको मारमा परेका अभिभावकलाई विद्यालयहरुले भर्ना शुल्कको नाममा लुट्ने काम गरेको दाबी गर्नुभयो ।

संघले शिक्षा मन्त्रीलाई एक महिनाभित्र चर्को शूल्क लिने विद्यालयहरुलाई कारबाही गरी कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेको छ ।