
फाइल तस्बिर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गर्नुभएको छ ।
आइतबार बसेको नगर कार्यपालिका बैठकमा उहाँले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गर्नुभएको हो ।
मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताउनुभयो ।
त्यस्तै, उहाँले महानगरपालिकाको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ जना इन्जिनियर राख्ने प्रस्ताव गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्