१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हात्ती आतंक कम गर्न ‘साइरन’ मेसिन


39
Shares

झापा । झापाको बाहुनडाँगी बजारमा हात्ती आतंक कम गर्नका लागि सूचना दिने ‘साइरन’ जडित मेसिन राखिएको छ ।

मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनले हात्ती आएपछि ‘साइरन’ बजाएर सूचित गर्ने छ ।

साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।