१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्दीपलाई बिग बास लिगमा कुनै टिमले अनुबन्ध गरेनन्


2.054k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई बिग बास लिग (बीबीएल) मा कुनै पनि टिमले अनुबन्ध गरेनन् ।

आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै पनि टिमले किन्ने रुची नदेखाएका हुन् । बीबीएलको इतिहासमा पहिलो पटक विदेशी खेलाडीलाई ड्राफ्टमार्फत अनुबन्ध गरिएको थियो ।

जसमा लागि विश्वभरबाट ३३२ खेलाडी नाम दर्ता गराएका थिए । तर २४ विदेशी खेलाडीमात्र ड्राफ्टबाट अनुबन्ध भए । ८ टिमले ३–३ विदेशी खेलाडी लिए । २२ वर्षीय सन्दीपले यसअघि मेलवर्न स्टार्स र होबार्ट हुरिकेनबाट बीबीएल खेलेका थिए । उनले गत सिजन होबार्टबाट खेलेका थिए ।

सन्दीपसँगै नेपालबाट सुबास खकुरेलले पनि ड्राफ्टमा नाम दर्ता गराएका थिए । सुबासलाई पनि कुनै टिमले अनुबन्ध गरेनन् । बीबीएल र युएईमा पहिलो पटक हुन लागेको इन्टरनेशनल लिग टी–२० क्रिकेट एउटै समयमा हुने तालिका छ ।

युएईमा हुने लिगमा लागि सन्दीप डिजर्ट भाइपर्समा मार्की खेलाडीको रुपमा अनुबन्ध भइसकेका छन् । सन्दीप हाल नेपाली टिमको नेतृत्व गर्दै केन्या भ्रमणमा छन् । केन्यासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेलेपछि उनी क्यारेबियन प्रिमियर लिग खेल्न उतैबाट वेष्टइन्डिज जानेछन् ।