
काठमाडौं । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् द्धारा संचालित मोको डिजिटल वालेटबीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्ने छन् ।
ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाई जहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्ने छन् ।
यसैगरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १५ सयभन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्ने छन् । त्यस्तैगरि माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले mVisa, alipay / Union Pay संग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको QR बाटै भुक्तानी लिन सक्नेछन ।
देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरु ल्याई रहेको छ । साथै बैंकले बढ्दो साइबर अपराधहरुलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारहरुलाई अझ सुरक्षित र भरपर्दो बनाउदैँ आई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्