२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रूकुममा पहिरोमा परी आमा-छोरीको मृत्यु, एक जना घाइते


260
Shares

काठमाडौं । पश्चिम रूकुमको जाजरकोटभेरी नगरपालिका वडा नम्बर १ मा आइतबार पहिरोमा परी आमा-छोरीको मृत्यु भएको छ ।

जाजरकोट भेरी नगरपालिका–१ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको पहिरोमा परी मृत्यु भएको हाे । साथै बालमतीकीकै ७ वर्षीया छोरी तिर्सना राना भने घाइते भएको जिल्ला प्रहरी कार्यलय रूकुमले जनाएको छ ।

जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेकी तिर्सनाको अवस्था भने गम्भीर भएको प्रहरीले बताएकाे छ । जाजरकोटको नलगाड नगरपालिकामा रहेको माइतीबाट घरतर्फ फर्कदै गरेका उनीहरू पश्चिम रूकुमको आठबिसकोट नगरपालिका–१४ पिपलचौर स्थित छेपारे सामुदायिक वनको भवनमा ओत लागेका बेला आइतबार दिउँसो साढे ३ बजे माथिबाट खसेको पहिरोले उनीहरूलाई पुरेको थियो ।

पहिरोले भवन पुरेको थाहा पाएर स्थानीय र प्रहरीले खोजी कार्य गर्दा तिर्सना जिवितै फेला परेकी हुन भने दुई जना मृत अवस्थामा भेटिएका थिए ।