
एजेन्सी । फ्रान्सनमा विमान कम्पनी एयर फ्रान्सका दुई जना पाइलटबीच विवाद भएपछि दुवै जनालाई निलम्बन गरिएको छ ।
स्वीजरल्याण्डको जेनेवाबाट फ्रान्सका लागि उडान भरेको विमान उडान भर्ने बित्तिकै दुई जना चालकबीच ककपीटमा कुटाकुट भएको हाे । चालक दलका अन्य सदस्यहरूले सम्झाउँदा पनि उनीहरूबीच कुटाकुटको श्रृंखला नराेकिएपछि यात्रुहरू आत्तिएका थिए ।
ती दुई जना पाइलट मध्ये एक जनाले भने विमान पुनः जेनेवा विमानस्थलमा नै फर्काएर अवतरण गरेका थिए । घटना लगत्तै विमान पाइलटहरु परिवर्तन गरी विमान गन्तब्यतिर लगेको थियो । फ्रान्सको इतिहासमा भएको यो पहिलो घटना पनि हो ।
प्रतिक्रिया दिनुहोस्