
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् ।
टोटनह्यामले यसै सिजन प्रिमियर डिभिजनमा उक्लिएको नटिङ्घम फरेष्टलाई २–० ले पराजित गरेकाे हाे । टोटनह्यामको जितमा दुवै गोल ह्यारी केनले गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले एस्टन भिल्लामाथि १–० को साँघुरो जित निकालेकाे थियाे । वेष्ट ह्यामको लागि पाब्लो फोर्नाल्सले निर्णायक गोल गरेका हुन् ।
आइतबार राति वुल्भरह्याम्पटन वान्डरर्सले न्युकासल युनाइटेडसँग १–१ गोलको बराबरीमा चित्त बुझाएकाे थियो । आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ४ खेलबाट १२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा यथावत रहेकाे छ ।
१० अंक जोडेका म्यान्चेस्टर सिटी, टोटनह्याम र ब्राइटन दोस्रोदेखि चौथो स्थानसम्म रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्