
बैतडी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेल तालिका सार्वजनिक भएको छ ।
छनौट प्रतियोगिता मंगलबारदेखि धनगढीस्थित फाप्ला खेलमैदानमा सुरु हुने छ ।
पहिलो खेलमा कैलाली र दार्चुला भिड्ने, दोस्रोमा बझाङ र डडेल्धुरा प्रतिस्प्रर्धा गर्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । भदौ १५ गते कञ्चनपुर र अछामबीच भिडन्त हुँदा दोस्रोमा बैतडी र डोटी आमनेसामने हुने भएका छन् ।
नकआउट चरणमा गरिने छनौटको फाइनल खेल भदौ १८ गते हुने जनाइएको छ । प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट सुदूरपश्चिमको टोली बनाइनेछ । छनौट भएको क्रिकेट टोलीले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने छ ।
नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टि ट्वान्टी लिग र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि क्रिकेटको नयाँ मिति तय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्