१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले सकेन निजी क्षेत्रका विद्युत उत्पादकलाई रिझाउन


78
Shares

काठमाडौं । उर्जा क्षेत्रको नेतृत्व गरिरहनु भएकी मन्त्री पम्पा भुसालले आफूले आफैंलाई ८० अंक दिइरहँदा नेपालको विद्युत उत्पादनको अवस्था सन्तोषजनक देखिदैन । उत्पादन सुरु भएको शताब्तीसम्म त धेरै नेपाली बिजुलीको पहुँचबाट टाढै थिए । लामो समयको लोडसेडिङ्गको मार खेपेपछि बल्ल सुगम क्षेत्रमा भने बिजुली सहज भएको छ । तर अझै पनि दुरदराजमा बिजुलीको उज्यालो पुगेको छैन ।

विश्वमै जलविद्युतमा संभावनामा कहलिएको देश नेपालमा विद्युत गृहहरु जलप्रवाहमा आधारित हुँदा लामो समयसम्म सहज हुन सकेन । अहिले भने प्राधिकरणले कुशल नेतृत्व पाएसँगै देश विजुलीमा आत्मनिर्भर बन्दै गएको छ । अहिले मुलुकको विजुली उत्पादन क्षमता १९ सय मेगावाटको हाराहारीमा छ र खपत क्षमता सोही हाराहारीमै छ । जसमा निजीक्षेत्रको ८ सय ९० मेगावाट छ भने नेपाल विद्युत प्राधिकरणका खिम्ती, तामाकोशी, चिलिमेलगायत आयोजनाबाट ५ सय ३८ मेगावाट विद्युत उत्पादन हुँदा कुलेखानी आयोजनाको अहिलेको उत्पादन ४ सय १४ मेगावट छ ।

९३ प्रतिशत नेपालीको घरमा विद्युत पुगिसकेको छ भने सात प्रतिशतमा विद्युत अपुग रहेको प्राधिकरण बताउँछ । अहिलेको मागलाई धानिरहेको उत्पादनले अब औद्यौगिक क्षेत्रको माग दिन प्रतिदिन वृृद्धि हँुदै गएको अवस्थामा यो अपुग हुने निश्चित छ । प्राधिकरण पनि निर्यातभन्दा आफ्नै खपत वृृद्धि लक्ष्य रहेको बताउँछ । औद्योगिक क्षेत्रमा अझैपनि १५ सय मेगावट माग छ । प्राधिकरण आफू त्यही बाटोमा रहेको बताउँछ ।

समय अनुसार ७० मेगावाट सम्म विजुली छिमेकी मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ । दुई सय बढी मेगावट निर्यात पनि भइरहेको छ । भारत बाहेक चीन, बंगलादेश लगायतका मुलुृकले पनि नेपालको बिजुली प्रति इच्छा देखाएका छन् । प्रचुर संभावना भएपनि मुलुकका आन्तरिक बाह्य कारण देखाई जलविद्युत आयोजना निर्माण गर्न भने सजिलो छैन । विद्युत बेचेर संवृृद्धिको सपना बाँडिरहेको मुलुकले उत्पादकहरुलाई भने रिझाउन सकेको छैन ।

यसैैगरी निजी क्षेत्रका व्यवसायीले उत्पादन व्यवसायीले विद्युत व्यापार गर्न नदिएर हतोत्साही बनाएको गुनासो गर्छन् । व्यवसायीले आफ्नो जाँगर सिंहदरवार र प्राधिकरण भन्दा पनि विज्ञतामा लगाउनुपर्ने तर्क गरेका छन् ।

समृद्ध नेपालको सपना उर्जा र कृषिमै देखिरहेको नेतृत्वले बेलैमा सोहि प्रकृतिका पूर्वाधार बनाउन आवश्यक छ ।