१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा भारतीय कलाकार गोविन्दा सहभागी हुने


702
Shares

काठमाडौं । सुपरडान्सर नेपालको ग्राण्ड प्रिमियरमा भारतीय चर्चित कलाकार गोविन्दा सहभागी हुने भएका छन् ।

यति बेला टेलिभिजन तथा युट्युब मार्फत प्रसारण भईरहेकोछ । फिजिकल तथा डिजिटल अडिसन अनि मेगा अडिसन हुदै हाल ग्राण्ड प्रिमियरको तयारी भईरहेको छ ।

यो भारतको सोनीटिभीको सफल पारिवारिक शो सुपरडान्सरको आधिकारिक नेपाली भर्सन हो ।

अडिसनका एपिसोडहरु प्रसारणमा आएसंगै यो शोको चर्चा चुलिएको छ । जसबाट लक्डाउन पछि ठप्पझैँ रहेको मनोरन्जन क्षेत्रमा नयाँ आशा समेत पलाएको आयोजकको भनाइ छ । यो शोको ग्राण्ड प्रिमियरमा चर्चित भारतीय अभिनेता गोबिन्दा विशेष अतिथिको रुपमा सहभागी हुने भएका हुन् ।