१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


हरितालिका तीजका दिन कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् !


4.225k
Shares

काठमाडौं । हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजका दिन आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य मंगलबार स्थिर रहेर १ हजार १ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।