
कैलाली । सुदूरपश्चिम सरकारले ल्याएको निजामति सेवा गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।
प्रदेश सभाको १० औं अधिवेशनको २५ औं बैठकबाट उक्त विधेयक पारित भएको हो ।
बैठकमा सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गर्नुभएको थियो ।
प्रदेशमा काम गर्ने कर्मचारी अभाव हुँदा समस्या भइरहेको थियो । सरकारको अवधि सकिनै लाग्दा ल्याएको विधेयकमाथि बिवाद भएको थियो ।
प्रदेश सभाबाट पारित भएको विधेयकलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि कानुनको रुप लिनेछ ।
प्रदेश सरकारले आफैंले नियुक्त गरेका ३ सय ३९ जना अस्थायी तथा करार सेवाका कर्मचारीलाई सिधै स्थायी गर्नेगरी यो विधेयक ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्