
एजेन्सी । रुसकी एक रियालिटी टेलिभिजन स्टारको शव सेन्ट पिटर्सबर्ग जनिकै नदीमा फेला परेको छ ।
करिब एक सातादेखि बेपत्ता रियालिटी टिभी स्टार अनास्तासिया कोचेरेभको शव नदीमा फेला परेको हो । उनी केही दिनदेखि बेपत्ता भएको भन्दै उनकी आमाले रुसी प्रहरी समक्ष निवेदन दिएकी थिइन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आमाले उजुरी दिएपछि प्रहरीले अनास्तासियाको खोजी गरेको थियो । खोजीका क्रममा प्रहरीले उनको शव नदीमा भेटेको हो ।
रिपोर्टका अनुसार टिभी स्टारको शरीरमा केवल अन्डरवेयर मात्र थियो । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार उनकी आमा क्यान्सर पीडित थिईन् । आमाको क्यान्सरको उपचार खर्च जुटाउन उनी यौनकार्य पनि गर्थिन् । उनी रियालिटी डेटिङ शो रूसी डोम–२ मा देखा पर्ने गर्थिन ।
उनको मृत्युबारे अनुसन्धान भइरहेको र मृत्युको कारण भने खुल्न नसकेको समाचारमा जनाइएको छ ।रूसी टेलिग्राम न्यूज च्यानल ११२ को एक पोस्ट अनुसार, टिभि स्टार अनास्तासिया अगस्टको सुरुदेखि बेपत्ता थिइन् । ४ दिनसम्म उनको बारेमा कुनै जानकारी नआएपछि उनकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । २९ वर्षीया अनास्तासिया बेपत्ता भएदेखि नै उनको फोन अन नै र मस्को नजिकै रहेको पनि पत्ता लागेको थियो । रुसी संचार माध्यमले उनले विगत केही वर्षदेखि नै यौन कार्य गरिरहेको दाबी गरेका छन् । रिपोर्टका अनुसार उनले आमाको क्यान्सरको उपचारका लागि पैसा जम्मा गरिरहेकी थिइन् । सन् २०१८ मा यसबारे कुरा गर्दै संचार माध्यममा अनास्तासियाले भनेकी थिइन्– ‘यस काममा मलाई गर्व छैन, तर कम्तिमा मेरी आमा जीवित हुनुहुन्छ’ ।

रिपोर्टका अनुसार टिभी स्टारले गत महिना मात्र आफ्नो पुरानो घर बेचेकी थिइन् र उनी रुसको अर्को कुनामा सरेकी थिइन् । इन्स्टाग्राममा अनास्तासियाका करिब १ लाख ५० हजार फलोअर्स छन् । तर विगत एक वर्षदेखि कसैले पोस्ट गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्