१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साउथह्याम्पटनद्वारा चेल्सी २–१ ले पराजित


117
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित भएको हो ।

साउथह्याम्पटनको मैदानमा भएको खेलको २३ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा रोमिओ लाभियाले गोल गर्दै साउथह्याम्पटनलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एडम आर्म्सट्रोङले गोल गर्दै साउथह्याम्पटनलाई २–१ को जित दिलाए ।

प्रिमियर लिगकै अर्को खेलमा फुल्हमले ब्राइटनलाई २–१ ले हराएको छ । मंगलबार राति एभर्टनले लिड्स युनाइटेडसँग १–१ को बराबरी खेल्दा क्रिष्टल प्यालेस र ब्रेन्टफोर्ड पनि १–१ को बराबरीमा समेटिए ।

प्रिमियर लिगमा बुधबार राति पाँच खेल हुनेछन् । शिर्ष स्थानको आर्सनलले एस्टन भिल्लाको सामना गर्दा म्यान्चेस्टर सिटी र नटिङ्घम फरेष्ट, लिभरपुल र न्युकासल युनाइटेड तथा वेष्ट ह्याम युनाइटेड र टोटनह्याम हट्सपर भिड्नेछन् ।