२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

पोखरा–बागलुङ सडक अवरुद्ध


494
Shares

पर्वत । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ ।

मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका बाजुङ स्थित भ्याप्लेमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

ठूल्ठूला ढुंगाहरु सडकमा झरेका कारण तत्काल सडक खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले बताउनुभएको छ ।

यस्तै, मोदीखेतमा पनि पहिरो झरेका कारण सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङवाट अन्य छुटेका सवारी साधनहरु आम्बोटमा अलपत्र परेका छन् ।

दिउँसोसम्म सडक खुलाउन सकिने प्रहरीले जनाएको छ ।