
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको दावी गर्नुभएकाे छ ।
बुधबार महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा उहाँले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको दावी गर्नुभएकाे हाे ।
नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि मात्र समिति समक्ष बयान दिन उपस्थित भएको उहाँकाे तर्क छ । उहाँले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्