
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई पदबाट हटाइएको छ ।
एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको हो ।
उहाँलार्ई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले जानकारी गराउनुभयो ।
पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको प्रवक्ता रावलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्