२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गगन थापा काठमाडौं ४ बाटै चुनाव लड्ने


104
Shares

काठमाडौं । पार्टीले कास्कीको निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्न आग्रह गरे पनि नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं ४ बाट पुन: चुनाव लड्ने भएका छन् ।

महामन्त्री थापाले बुधबार काठमाडौंको निर्वाचन क्षेत्र-४ मा प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराउनु भएको छ ।