
ओखलढुंगा । सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदानमा विचौलिया हावी भएको ओखलढुंगाका बाख्रापालक किसानहरुले बताएका छन् ।
उनीहरुले वास्तविक किसानले अनुदान नपाएको गुनासो गरेका छन् । फर्म दर्ता गरेकै भरमा सरकारी कार्यालयबाट विचौलियाले अनुदान लिने गरेको उनीहरुको भनाई छ । दूरदराजमा बसेर बाख्रापालन व्यवसाय गर्दा विचौलियाकै कारण कृषि अनुदानमा पहुँच पुग्न कठिन भएको मानेभञ्ज्याङ गाउँपालिका ३ का किसान रामप्रसाद राईले बताउनुभयो ।
जिल्लामा व्यवसायिक रुपमा बाख्रापालन गरिरहेका ७० भन्दा बढी फर्म रहेका छन् । अनुदान र ऋणका लागि दर्ता भएका फर्म सयौँको संख्यामा रहेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय तह तथा घरेलु कार्यालयबाट फर्म दर्ता सहजै हुने हुँदा वास्तविक किसानलाई अनुदानमा विचौलियाको जालोले छेक्ने गरेको छ ।
अनुदान वितरणमा सरकारी कार्यालयले वास्तविक किसान पहिचान नगर्दा बाख्रापालक किसान निराश हुने अवस्था आएको नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघ ओखलढुंगाका अध्यक्ष घनश्याम बास्तोलाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्