
सिन्धुली । एमाले महासचिव शंकर पोखरेलले गठबन्धन सरकारमा देखिएकोे दलगत स्वार्थका कारण देशको अर्थतन्त्र धरासायी भएको आरोप लगाउनुभएको छ ।
सिन्धुलीमा आयोजित कार्यक्रममा उहाँले सम्बृद्धि र दिगो विकासका लागि आउँदो निर्वाचनमा एमालेले जित्नुपर्ने बताउनुभयो ।
उहाँले देशको आवश्यकता मध्यनजर गरी एमालेले दुरदर्शी नेता केपी ओलीलाई देशको भावी प्रधानमन्त्री बनाउने घोषणा गरेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टीबाट तीन सय नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्