१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपालको टी-ट्वान्टी वरीयता घट्यो


1.131k
Shares

काठमाडौं । नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता घटेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता एक स्थान घटेको हो ।

नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।

सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ। टी–ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ ।

यसैबीच, नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेलको ब्याटिङतर्फको वरीयता सुधार भएको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा कुशल ४८ औं स्थानमा उक्लिएका छन् । अलराउण्डरतर्फ दीपेन्द्र सिंह ऐरी ९ औं स्थानमा यथावत छन् । ब्याटिङतर्फ दीपेन्द्र ५३ औं स्थानमा यथावत रहेका छन् । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ५६ औं स्थानमा यथावत रहेका छन् ।