
काठमाडौं । रुसले युरोपमा ग्याँस आपूर्ति गर्ने मुख्य पाइपलाईनहरु पूर्ण रुपमा बन्द गरेको छ ।
राज्य नियन्त्रित ग्याँस उत्पादक कम्पनी ग्याजप्रोमले ३ दिनका लागि भन्दै नोर्डस्टिम वानबाट ग्याँस आपूर्ति ठप्प पारेको हो । रुसको सेन्टपिटर्सवर्गबाट बाल्टिक समुद्रमुनि हुँदै पूर्वी जर्मनी पुग्ने १२ सय किलोमिटर लामो यो ग्याँस पाइपलाईनबाट प्रतिदिन १ सय ७० क्यविक मिटर ग्याँस आपूर्ति हुने गर्दछ ।
गत जुलाइमा पनि मर्मतका लागि भन्दै यो ग्याँसलाइन १० दिन बन्द गरिएको थियो । रुसले युरोप जाने ग्यास परिमाण यस अघि नै उल्लेख्य मात्रामा घटाईसकेको छ । आगामी हिउँदमा युरोपमा ग्याँसको हाहाकार हुने त्रास अहिले नै छाईसकेको छ । साथै युरोपेली देशहरुले ग्याँसको प्रयोग घटाउने अभ्यास गरिरहेका छन् ।
उर्जा संकटले युरोपमा महंगी अकाशिएको छ । सर्वसाधारणको दैनिक समेत कष्टकर हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्