
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ ।
बुधबार राति एस्टन भिल्लालाई २–१ ले हराएर आर्सनलले पाँचौं जित निकालेको हो ।
आर्सनलका लागि ग्राबियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे भने एस्टनका लागि डुग्लास लुइजले एक गोल गरे ।
खेलको ३० औं मिनेट जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा एस्टनका लुइजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।त्यसपछि ७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।
जितसँगै आर्सनलले प्रिमियर लिगमा ५ खेलबाट १५ अंक जोड्दै तालिकाको अग्रता जारी राखेको छ । समान खेलबाट १३ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्