
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासल युनाईटेडलाई हराएको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई २–१ ले हराएको हो ।
लिभरपुलका लागि रोबर्टो फिर्मिनो र फाबियो कार्भाल्होले एक एक गोल गरे भने न्युकासलका लागि एलेक्सान्डर इसाकले एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा इसाकले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए । तर, ६१ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।
जितसँगै लिभरपुल ५ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । पराजित न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्