१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु


65
Shares

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा बुधबार सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ।

नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा गम्भिर घाइते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत्त घोषणा गरेका थिए ।

सवारी साधन सहित फरार रहेका चालकको खोजी भैरहेको प्रहरी चौकी ढकेरीले जनाएको छ ।