१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ज्याकलिन फर्नान्डिजको मुद्रा अपचलनको मुद्दा समस्या बढ्यो


806
Shares

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको मुद्रा अपचलन (मनी लान्ड्रिंग) मुद्दाको समस्या सुल्झिनुको सट्टा झन् बल्झिएको छ । ज्याकलिनलाई बुधबार दिल्लीको पटियाला अदालतले २६ सेप्टेम्बरमा उपस्थित हुन आदेश दिएको छ ।

हालै प्रर्वतन निर्देशन (ईडी) ले ज्याकलिनलाई पनि यस मामिलामा आरोपी बनाएको थियो । यसैबीच, सेप्टेम्बर १२ मा दिल्ली प्रहरीले अभिनेत्रीसँग पनि सोधपुछ गर्नेछ ।

ज्याकलिन फर्नान्डिज र सुकेश प्रेम सम्बन्धमा थिए । उनीहरूको धेरै निजी तस्विरहरू पनि सामाजिक सञ्जालमा भाइरल भए, जस पछि ईडीले ज्याकलिनलाई सोधपुछ गर्यो र प्रमाणको रुपमा दुबैको फोटो राख्यो ।

भारतीय सञ्चार माध्यामका अनुसार, ईडीको विश्वास छ कि ज्याकलिनलाई सुरूदेखि नै थाहा थियो कि यस मामिलामा मुख्य आरोपी सुकेश चन्द्रशेखर एक ठग हो र चोर हुन् । ज्याकलिनलाई यी कुराको जनकारी हुँदाहुँदै पनि सम्बन्ध बनाएको ईडीको दाबी छ ।

ईडीको सोधपुछका क्रममा ज्याकलिनले सुकेशसँगको सम्बन्धलाई स्वीकार गरिन् । ईडीका अनुसार अभिनेत्रीले सोधपुछका क्रममा सुकेशबाट करोडौंको गिफ्ट लिएको बताएकी छन् । सुकेशले उनलाई हिराको औंठी दिएर प्रपोज गरेका थिए । यसबाहेक सुकेशले अभिनेत्रीलाई एस्पुएला नामको भारु ५० लाखको घोडा र ९–९ लाख रुपैयाँको दुई बिरालो उपहार दिएका थिए ।

यसबाहेक ३ गुच्ची डिजाइनर झोला, २ वटा गुच्ची जिम वेयर, एक जोडी लुइस भिटन जुत्ता, दुई जोडी हिराको झुम्का, रुबी ब्रेसलेट, दुई हर्मेस ब्रेसलेट र एउटा कार उपहारमा दिएका थिए । सुकेशले ज्याकलिनका लागि श्रीलंकामा घर पनि किनेका थिए । सुकेशले बहराइन र मुम्बईमा एक–एक घर लिन अग्रिम रकम दिएका थिए ।