४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


स्वतन्त्र उम्मेदवारहरुको ‘लौरो अभियान’ घोषणा हुँदै

'साझा चुुनाव चिन्ह र घोषणापत्र सार्वजनिक गर्ने'

2.652k
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरूले आज बिहीबार साझा चुनाव चिन्ह र साझा घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।

काठमाडौंको क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका सुमन सायमीको नेतृत्वमा उनीहरूले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्न लागेका हुन् ।

बिहीबार दिउँसो पत्रकार सम्मेलन मार्फत उनीहरूले चुनाव चिन्ह लौरो र साझा घोषणापत्र सार्वजनिक गर्नेछन् ।

गत स्थानीय चुनावमा लौरो चुनाव चिन्ह लिएर उठेका बालेन्द्र साह (बालेन) काठमाडौंको मेयर र हर्क साम्पाङ धरानको मेयरमा विजयी भएपछि लौरो चुनाव चिन्ह चर्चामा आएको थियो । सोही चर्चालाई समात्दै स्वतन्त्र उम्मेदवारहरुले लौरो अभियान थालेका हुन् ।