१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रिस रकद्वारा ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार


1.898k
Shares

एजेन्सी । हलिउड कमेडियन क्रिस रक ९४ औं ओस्कार अवार्ड समारोहमा थप्पड काण्डपछि चर्चामा छन् ।

क्रिस रकले सन् २०२३ मा हुने ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो जानकारी क्रिस आफैंले आफ्नो कमेडी शोमा पनि दिएका छन् ।

हलिउड स्टार विल स्मिथले यस वर्ष मार्चमा आयोजित ओस्कार समारोहमा क्रिसलाई स्टेजमा थप्पड हानेका थिए । यही कारणले उनले एकेडेमीको यो प्रस्ताव अस्वीकार गरेका हुन् ।

क्रिसले आइतबार फिनिक्स, एरिजोनाको एरिजोना फाइनान्सियल थिएटरमा कमेडी शोको क्रममा यो कुराको खुलासा गरेका हुन् । ओस्कर २०२३ को आयोजना गर्ने प्रस्तावको बारेमा चर्चा गर्दै क्रिस रकले भने, ‘यो त कसैलाई आफ्नो मृत्यु भएको ठाउँमा जान आग्रह गर्नु जस्तो कुरा भयो ।’

अवार्डको क्रममा क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक उडाएका थिए । तर, विल स्मिथलाई यो मजाक पटक्कै मन परेन र उनी स्टेजमा गएर क्रिस रकलाई थप्पड हानेका थिए । घटनापछि एकेडेमीले स्मिथमाथि १० वर्ष ओस्करमा प्रतिबन्ध लगाएको छ ।