२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सांसद रत्न थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


936
Shares

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रत्न थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकाे छ ।

थापासहित पूर्वसांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता तथा कार्यकर्ता एमाले परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

उन्मुक्ति पार्टीले बिहिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराउनु भयाे ।