
बैतडी । नेकपा एमालेका सचिव लेखराज भट्टले आसन्न निर्वाचनमा एकढिक्का भएर जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
बैतडीको पाटनमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टले एकढिक्का भएर अगाडि बढ्न निर्देशन दिनुभएको हो । पार्टीभित्रको अन्तरसंघर्षका कारण पार्टी फुटेको बताउदै भट्टले चुनावमा एक भएर गए जित जीत सुश्चित रहेको दावी गर्नुभयो ।
व्यक्तिगत स्वार्थमा नलागेर चेन अफ कमान्डलाई पार्टीका सबै नेता कार्यकर्ताले स्वीकार्नुपर्नेमा जोड दिदै भट्टले अहिलेको आवश्यकता अनुसार एमाले ठिक रहेको बताउनुभयो । एमाले सरकारले चुच्चे नक्सा कायम गरेर इतिहास कायम गरेको भट्टको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्