
काठमाडौं । स्व.नेता प्रदीप गिरीकी श्रीमती भारती सिलवाल गिरीले आगामी चुनावमा नेपाली कांग्रेसले स्व. गिरीको स्पष्ट प्रजातान्त्रिक समाजप्रति दृष्टिकोणलाई जनतामा पु¥याइ जनताको विश्वास र विश्वसनियता जित्न सकेमात्र सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
बिहबाार काठमाडौंमा भएको १३ दिनको औँ दिनको स्मृति सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भेदभाव रहीत माया दिएकै कारण सबैले स्व. गिरीलाई मन पराउने गरेको बताउनुभयो । उहाँले स्व. गिरीले गल्ती गर्नेलाई दोस्रो पटक सच्चिन मौका दिनुपर्छ भन्ने सिद्धान्त रहेको स्मरण गर्नुभयो । उहाँले यस्तै सिद्धान्त र प्रजातान्त्रिक समाजवादको दूरदर्शी दृष्टिकोणलाई समर्थन गर्न नै अन्तिम यात्रामा जनसागर उर्लिएको बताउनुभयो । उहाँले स्वतन्त्रता, समानता, स्वाधिनता, अन्तरविविधतामा ऐक्यवद्धता प्रजातान्त्रिक समाजवादमा मात्र सम्भव रहेको स्व. गिरीको सिद्धान्त रहेको बताउनुभयो ।
उहाँले ‘प्रदीप गिरीको विशाल हृदय थियो । उहाँले भेदभाव रहीत सबैलाई समान प्रेम गर्नुहुन्थ्यो’ भन्नुभयो । उहाँले पुँजीवादमा राज्य र बजारको अन्तरबिरोधले गर्दा स्वतन्त्रता, समानता, स्वाधिनता र अन्तरविविधतामा ऐक्यवद्धता एकअर्काका पूरक हुन सक्दैनन् भन्ने विचार कांग्रेसमा जीवन्त रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्