
सिन्धुली । मानवीय आधारभूत सुविधाहरु गाउँको तुलनामा शहरमा पाइन थालेपछि सिन्धुलीका गाउँमा मानिसहरुकाे बसोबासको अवस्था दैनिक रुपमा कम हुन थालेको छ ।
शहरमा भने चाप बढदै गएकाे हाे । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी, दुधौली, भिमान, खुर्कोट, नेपालथोक, रामटार– रातमाटा, बेलघारी, खाल्टे र भिमस्थान लगायतका स्थानहरुमा केही समय यता मानव बस्तीको चाप बढन थालेको छ ।
सिन्धुलीका वीपी, मदन भण्डारी र पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माणसँगै सडक आसपासका शहर उन्मुख क्षेत्रमा मानव बसाईलाई आकर्षण गर्ने बजार सुविधा,खानेपानी, संचार, यातायात,विद्युत र स्वास्थ्य शिक्षा लगायतका सुविधाहरु उपलब्ध भएकाले विभिन्न स्थानहरुबाट समेत बसाई सरेर आउनेहरुको संख्यामा वृद्धि हुुँदै आएको छ ।
नेपालका ठूला शहर बजारमा हुने वातावरणीय प्रदूषण, दुर्गन्ध र खानेपानीको अभावको समस्याबाट टाढै रहनका लागि पछिल्लो समयमा मानिसहरुले विकसित हुँदै गएका साना शहरहरुमा बसोबास गर्न रुचाउदै जान थालेपछि सिन्धुली शहर उन्मुख क्षेत्रहरु मानव बस्तीको उपयुक्त स्थल मानिएको हो ।
केही समय अगाबै खाली रहेका सडक मुख्य राजमार्ग आसपासका बाँझा जमिनहरु र खेती योग्य जमिनहरु समेत मानिसहरुको बस्ती विकास भएसँगै घर र घडेरीको रुपमा परिणत हुन थालेपछि घर भवनहरु तयार भइसकेका छन् ।
सिन्धुलीको विकासको मेरुदण्डको रुपमा निर्माण भएको ३ वटा राजमार्गका कारण पिछडिएका ग्रामीण बस्तीहरु समेत शहरीकरणतर्फ उन्मुख हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्