१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सडक भासिएपछि बुटवल–तानसेन सडकखण्ड अबरुद्ध


286
Shares

बुटवल । पाल्पाको तिनाउं गाउंपालिका–५ हिउँदे खोलामा सडक भासिएपछि बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ ।

बिहीबार राति सडक भासिएको र दुई स्थानमा पहिरो समेत खस्दा आवागमन पूर्णरुपमा बन्द भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

डाइभर्सनका लागि बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था नरहेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले बर्षाद रोकिए पछि जतिसक्दो चाँडै सडक खुलाउन प्रयास गरिने बताउनुभयो ।

सडक बन्द भएपछि यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।