२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


ओखलढुंगामा पानीघट्ट लोप हुँदै


65
Shares

ओखलढुंगा । ओखलढुंगाका गाउँघरबाट पानीघट्ट हराउन थालेको छ ।

अन्न पिस्नका लागि प्रयोग हुने पानीघट्ट आधुनिकतासँगै हराउन थालेको हो । जिल्लाका पात्ले, खिजीफलाटे, रावादोलु, भुसिंगा, रगनी लगायतका ठाउँका खोला क्षेत्रमा सञ्चालित पानीघट्ट लोप हुँदै गएको खिजीदेम्बा गाउँपालिका-९ का स्थानीय चक्रबहादुर तामाङले बताउनुभयो ।

पानीको फोहोराले मदानीमा हिर्काएपछि त्यसले जाँतो घुमाएर अन्न पिस्ने काम पानीघट्टले गर्छ । गाउँमा विद्युतीय मिलहरु सञ्चालनमा आएपछि त्यसको प्रभाव परम्परागत पानीघट्टमा परेको हो ।

जिल्लामा रहेका दर्जनौँ पानीघट्ट प्रयोगबिहीन भएपछि भत्किइसकेका छन् । खोला नजिकको क्षेत्रमा बसोबास गर्ने केही स्थानीयले भने अझै पनि पानीघट्ट प्रयोग गर्दै आएका छन् ।