
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार दुई घण्टा खुलेको सेयर बजारमा जम्मा ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक १ दशमलव ६७ अंकले घटेर १९७० मा कायम भएको छ । कुल ७३ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने १७ को स्थिर रह्यो । बैंकिङ १ दशमलव ७, विकास बैंक ९ दशमलव ६, फाइनान्स ५ दशमलव १, होटल तथा पर्यटन ७ दशमलव ५, जीवन बीमा ५ दशमलव ६, उत्पादन २२ दशमलव ९, निर्जीवन बीमा ३१ र व्यापार उपसमूह शुन्य दशमलव ४ अंक घटे ।
अन्य ७ दशमलव २ र जलविद्युत् उपसमूह भने शुन्य दशमलव ९ अंक बढे । सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युत्को मूल्य ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको १० करोडको कारोबार हुँदा मूल्य प्रतिकित्ता ३ रुपैयाँ घटेर ९१२ रुपैयाँमा झरेको छ ।
कारोबार रकमका आधारमा टेलिकमपछि नबिल, अरुणकाबेली, रिडी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्