१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य


429
Shares

काठमाडौं । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि २१९ रनको लक्ष्य दिएको छ ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय १८ रनको योगफल बनाएको हो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रनको योगदान दिए भने कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० रन जोड्दा सचिन भुडियाले २६ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए भने आदिल अन्सारी र पवन शर्राफले १/१ विकेट हात पारे । नियमित कप्तान सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज गएपछि शुक्रबारको खेलमा रोहितकुमार पौडेलले नेतृत्व गर्दैछन् । उक्त सिरिजअन्तर्गतको दोस्रो खेलशनिबार र तेस्रो खेल सोमबार हुने छ ।

यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३–२ ले विजयी भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।