
काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ ।
बेलका–७ मा स्थानीय राजकुमार बस्नेत, उनकी श्रीमती र छोराको विभत्स हत्या भएको उदयपुर जिल्ला प्रहरी डिएसपी राकेश पोदारले जानकारी दिनुभयो ।
उनीहरुको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनै जनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्