
काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज शनिबार घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो पौने १ बजे सुरु हुनेछ ।
केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा हुनेछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ । त्यसैले नेपाललाई जित निकाल्न त्यहि सहज छैन ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।
नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने सोमबार खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्