२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपति भण्डारीद्वारा तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण


156
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्विरमा माल्यार्पण गर्नुभएको छ ।

आज शनिबार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले काँजी पाँडेको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

टिष्टुङ, पालुङ, दहचोक, गोरखाको विजयी अभियानमा काजी तुलाराम पाँडेले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

स्मृति सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतको उपस्थिति थियो ।

स्मृति सभामा राष्ट्रपति भण्डारीले काजी कालु पाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण गर्नुभएको थियो ।

वि.स. १८२५ आश्विन १४ गते राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरेर काजी वंशराज पाँडे, तुलाराम पाँडे, केहरसिंह बस्न्यातसाथ पृथ्वीनारायण शाहले १ हजार गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवीतिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोकातर्फ अघि बढेका थिए ।