
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शुक्रबार बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत जडान भएको उल्लेख गर्दै २ वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने सरकारको योजना रहेको बताउनुभएको छ ।
उहाँले विद्युत खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गर्नुभयो । मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पार्नुभयो । विद्युत खपत बढाउन सरकारले अभियाननै संचालन गरिरहेको उहाँको भनाइ थियो ।
साेही कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गर्नुभयो । आन्तरिक खपत बढाएर पनि मुलुकमा ५ वर्षपछि वार्षिक रुपमा २ खर्बको विद्युत निर्यात गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।
विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्