२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सात सय बालबालिकालाई कपडा वितरण


117
Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका करिब सात सय विद्यार्थीलाई कपडा र जुत्ता वितरण गरिएको छ ।

थुलुङ दूधकोशी गाउँपालिकाका वडा नम्बर १ र २ का २१० जना र वडा नम्बर ७ र ८ का ४८४ जना बालबालिकालाई ट्रयाकसुट र जुत्ता वितरण गरिएको हो । विगत लामो समयदेखि सोलुखुम्बुको शैक्षिक क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई छात्रावृत्ति तथा शैक्षिक समाग्री उपलब्ध गराएर पठनपाठनमा सहयोग गर्दै आएको गैरसरकारी संस्था देलेक चिल्ड्रेन फाउन्डेशन यूएसए र शेर्पा बालबालिका सहायता संघले त्यसक्षेत्रका विद्यार्थीहरुलाई जुत्ता र ट्रयाकसुट वितरण गरिएको शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाले जानकारी जानकारी दिनुभयो ।

दूधकौशिका माध्यामिक विद्यालय, सरस्वती आधारभूत विद्यालय, अम्रास आधारभूत विद्यालय र शिशु कल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जुत्ता वितरण गरिएको छ भने कालिका आधारभूत विद्यालयका ४४ जनालाई ट्रयाकसुट वितरण गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

त्यस्तै, जोगरा क्षेत्रका ३४ जना, रुकुराका २५ जना, सिमखर्कका १५ जना, ठुलोढुङ्गाका १४ जना, देवीस्थानका ३६ जना, काँगेल बाहुन्डीका ४५ जना बालबालिकाहरुलाई जुत्ता वितरण गरिएको छ भने बोगल क्षेत्रका विद्यार्थीहरुलाई जुत्ता र ट्रयाकसुट वितरण गरिएको छ । बुद्ध आधारभुत विद्यालय घुर्मिसेका ४० जना बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको छ ।

थुलुङ दूधकाशी गाउँपालिकाका अध्यक्ष असिम राईले निःशुल्क स्वास्थ्य शिविर तथा विद्यार्थीहरुलाई जुत्ता, झोला, ज्याकेट लगायतको सामग्री वितरण गरेर गाउँपालिकाको शिक्षामा र स्वास्थ्यमा सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । आफू गाउँपालिको उन्नतीका लागि लागिपरेका बेला यस्ता सहयोगले थप सहज हुने उहाँको भनाई छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यले सहयोग गरिरहेको संस्थाले जनाइएको छ ।

सामग्री पाएपछि न्यून आयस्तर भएका परिवारलाई राहत मिलेको अभिभावकहरुले बताएका छन् । स्थानीय लाक्पा तामाङले यस्ता सहयोगले गाउँघरमा त ठूलै सहयोग पुगेको बताउनुभयो ।