१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इंग्लिस प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै


871
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार आठ वटा खेल हुँदैछन् ।

शनिबार हुने पहिलो खेलमा बेलुका सवा पाँच बजे लिभरपुल र एभर्टन खेल्दैछन् । त्यस्तै शनिबार नै टोटनहम र फुलहम, नटिङघम फरेस्ट र बर्नमाउथ, चेल्सी र वेस्ट ह्याम, ब्रेन्टफोर्ड र लिड्स यूनाइटेड, उल्भ्स र साउथह्याम्पटन तथा न्युकासल र क्रिस्टल प्यालेसबीच खेल हुनेछ ।

यी खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछन् । त्यस्तै म्यानचेस्टर सिटी र एस्टन भिल्लाबीचको खेल राति सवा १० बजे हुनेछ । लगातार पाँच खेल जितेको आर्सनल अंकतालिकाको शीर्ष स्थानमा छ भने म्यानचेस्टर सिटी दोस्रो, टोटनहम तेस्रो, ब्राइटन चौथो र म्यानचेस्टर यूनाइटेड पाँचौ स्थानमा छ ।

पाँच खेलमा १ अंक जोडेको लेस्टर सिटी पुछारमा छ ।