१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जाको वालिङमा म्याराथन प्रतियोगिता हुने


676
Shares

स्याङ्जा । स्याङ्जाको वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने भएको छ ।

लियोे क्लव अफ वालिङ सिटीको आयोजनामा आगामी असोज ८ गते १९.२ कि मि लामो ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगिता हुने भएको हो ।

स्याङ्जाको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य राखेर म्याराथन प्रतियोगिता राखिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । भीरकोट नगरपालिकाको कार्यालयबाट सुरु हुने प्रतियोगिता वालिङ नगरपालिकाको कार्यालयमा आएर टुङ्गिने छ ।

देशका विभिन्न शहरहरुमा हुँदै आएको म्याराथन प्रतियोगिता स्याङ्जामा पनि आयोजना गरेर खेललाई स्थानीय तहसम्म पुर्‍याई खेल प्रतिभा खोज्ने आयोजकले जनाएको छ । ‘लियो मिनी म्याराथन’मा गण्डकी प्रदेशका तथा अन्य जिल्लाहरुबाट करिब ४०० भन्दा बढी धावकहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

सहभागीहरुमध्ये उत्कृष्ट दश जनालाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम ३० हजार, द्वितीय २० हजार, तृतिय १० हजार ,सान्त्वना स्थान हासिल गर्नेलाई ४ हजार नगद पुरस्कार रहेको छ । पाँचौ, छैटौँ र सातौँ हुनेलाई जनही नगद ३ हजार,मेडल र प्रमाणपत्र तथा आठौँ,नवौँ र दशौँ स्थान हासिल गर्ने धावकलाई नगद २ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।

२०७६ सालमा वालिङमा स्थापना भएको लियो क्लव अफ वालिङ सिटीले स्थापना कालदेखि नै सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।खेलकुदका प्रतिभाहरुलाई प्रस्फुटन गराई टोल,जिल्ला र राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन म्याराथनको आयोजना गरिएको कार्यक्रम संयोजक हरी रेग्मीले बताउनुभयो । खेलका माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तथा सक्षम खेलाडी उत्पादन गर्न म्याराथन प्रतियोगिताले सहयोग पु¥याउने संयोजक रेग्मीले विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा सहभागी प्रत्येक धावकको एक लाख सम्मको देर्घटना बिमा गरिएको क्लवले जनाएको छ । प्रतियोगिताको लागि प्रायोजक तथा दर्ता शूल्क गरी रु ६ लाख ४० हजार आम्दानी अनुमान गरेको क्लवले रु ५ लाख ५४ हजार रुपैयाँ खर्च अनुमान गरेको छ । म्याराथन प्रतियोगिता हुने ट्रयाकको नेपाल प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाईएको खाँणले जानकारी दिनुभयो ।